PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

लिभरपुलले एस्टोन भिल्लालाई हरायो, न्युक्यासल दोस्रो स्थानमा



पहिलोपोस्ट

लिभरपुलले एस्टोन भिल्लालाई हरायो, न्युक्यासल दोस्रो स्थानमा
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई हराएको छ। भिल्लापार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीलाई १-३ गोलअन्तरले हराएको हो।

खेलको पाँचौ मिनेटमै लिभरपुलका लागि एन्डी रोबर्टसनको पासमा गोल गर्दै मोहम्मद सलाहले अग्रता दिलाए। त्यस्तै ३७ औं मिनेटमा भर्जिल भान डाइकले सलाहको पासमा गोल गर्दा पहिलो हाफमा लिभरपुल दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा घरेलु टोलीका ओल्ली वाटकिन्सले गोल फर्काए। उनले खेलको ५९ औं मिनेटमा गोल गर्दै खेलमा फर्कन प्रयास गरे पनि लिभरपुलका स्टेफान बाजसेटिकले ८१ औं मिनेटमा गोल थप्दै अग्रता फराकिलो बनाए। र, लिभरपुलले १-३ गोलअन्तरले घरेलु टोलीलाई हराउन सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीमाथि फराकिलो जित निकाल्यो। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीमाथि ०-३ गोलको जित निकाल्दै न्युक्यासल लिग उपाधिको होडमा बलियो बन्दै गएको हो।

खेलको तेस्रो मिनेटमा क्रिस उडले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए। त्यस्तै सातौँ मिनेटमा मिगुएल अल्मिरोनले गोल थप्दै अग्रता दोब्बर बनाए। न्युक्यासलका लागि तेस्रो गोल ३२ औं मिनेटमा जोइलिन्टनले गरे। दोस्रो हाफमा दुबै टोली गोल गर्न नसक्दा खेल ०-३ गोलले न्युक्यासलले जित्यो।

योसँगै १६ खेलबाट ३३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने १७ औं जोडेको लेस्टरसिटी १३ औं स्थानमा छ। शीर्षस्थानमा ४० अंक जोडेको आर्सनल छ। लिभरपुल भने २५ अंक जोडेर छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell