PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सुशान्त सिंह राजपूतको हत्या भएको दाबी, 'शरीर देख्दै त्यस्तो लागेको थियो'



पहिलोपोस्ट

सुशान्त सिंह राजपूतको हत्या भएको दाबी, 'शरीर देख्दै त्यस्तो लागेको थियो'
Photo : HINDUSTAN TIMES/GETTY IMAGES

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको साढे दुई वर्ष बितिसक्दा पनि मृत्युको रहस्य अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि फ्यानहरु भने आत्महत्या भएको मान्न तयार छैनन्।

यसैबिच अस्पतालका अटोप्सी स्टाफले सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। कूपर अस्पतालमा सुशान्तको पोस्टमार्टमका क्रममा उपस्थित अटोप्सी स्टाफ रुपकुमार शाहले सुशान्तले आत्महत्या नगरेको भन्दै हत्या भएको दाबी गरेको दैनिक भाष्करमा उल्लेख छ।

सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको घाँटी र शरीरका केही भागमा चोटको निशान रहेको बताएका छन्। ‘म यसबारे मेरा सिनियरलाई कुरा गर्न चाहन्थे, तर उनीहरूले मलाई पछि छलफल गर्न भने,’ उनले भने।

उनको दाबी चकित पार्ने खालको छ किनभने पोस्टमार्टम रिपोर्टमा झुण्डिएर श्वास फेर्न नसकेपछि सुशान्तको मृत्यु भएको उल्लेख गरिएको थियो। शाहका अनुसार  पोस्टमार्टमको भिडियो रेकर्डिङलाई अनुमति दिइएको थिएन। त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन।

‘सुशान्तको निधनको बेला कूपर अस्पतालमा हामीसँग पाँच मृत शरीर थियो। त्यसमध्ये एक भीआईपीको हो भनिएको थियो। पोस्टमोर्टम गर्न जानेबेला मात्र थाहा भयो त्यो सुशान्तको शरीर थियो। हामीले सुशान्तको शरीरमा धेरै चोटका निशानहरू देखेका थियौँ। घाँटीमा दुई–तीन चोटको निशान पनि थियो,’ शाहले भनेका छन्।

यसै विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ। उनले पनि सुशान्तको मृत्युको कारण आत्महत्या नभएको दाबी गरेका छन्। उनका अनुसार सुशान्तको मृत्युको कारण साधारण आत्महत्या नभई कुनै न कुनै षड्यन्त्र थियो।

१४ जुन सन् २०२० मा सुशान्त बान्द्राको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएका थिए। सुरुमा घटनालाई आत्महत्या भने पनि मिडिया र सामाजिक सञ्जालको दबावका बीच घटनाको अनुसन्धानको जिम्मा सीबीआईलाई सुम्पिएको थियो। सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell