PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो



पहिलोपोस्ट

सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो

काठमाडौंः सुनको कारोबार मूल्य मंगलबार १ लाख ७ सय रुपैयाँ प्रतितोला भएको छ। साताको पहिलो र दोस्रो दिन स्थिर रहेको मूल्यमा तेस्रो दिन तोलामा २ सय रुपैयाँको बढोत्तरी भएको हो।

आइतबार र सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा स्थिर थियो। त्यसअघि गत साताको अन्तिम दिनको तुलनामा २ सय बढ्दा  आइतबारको मूल्यमा आइपुगेको थियो। चालु महिना सुनको मूल्यमा फराकिलो अंकको गिरावट छैन। महिनाको सुरुवातबाहेक सबै दिन कारोबार मूल्य प्रतितोला एक लाखबाट तल गएको छैन।

चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ। १५ रुपैयाँले घटेर आइतबार प्रतितोला १३ सय ९० रुपैयाँ भएको थियो। मंगलबार पनि यही मूल्यमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८०४.३१ डलर छ भने चाँदी २३.८८ डलर छ। सोमबार सुन प्रतिऔंस १८०१.३१ डलर र चाँदी २३.७४ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell