PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

लोसपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत



पहिलोपोस्ट

लोसपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेय सर्वसम्मत चयन भएका छन्।

लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेशसभा सदस्य पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उनलाई नै संसदीय दलको नेता चयन गरेको लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले जानकारी दिए। पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री समेत हुन्।

त्यस्तै, संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य कन्हैया बनिया चयन भएका छन्। सोहीअनुसार संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हेमा बेल्बासे केसी चयन भएकी छिन्। उनी समानुपातिक सांसद हुन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा लोसपाबाट निर्वाचित ३ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell