PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अल स्टार लगातार तेस्रो खेलमा विजयी, पोखरा लगातार तेस्रो खेलमा पराजित



पहिलोपोस्ट

अल स्टार लगातार तेस्रो खेलमा विजयी, पोखरा लगातार तेस्रो खेलमा पराजित
Photo: CAN

काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टारले पोखरा एभेन्जर्समाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टारले पोखरामाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अलस्टार अन्तिम बलमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

खराब सुरुवात गरेको पोखराका लागि उपुल थरंगशाले ४२ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ३१ बलमा ५ छक्का र ५ चौकाको सहायतामा सर्वाधिक ६१ रन बनाए। त्यसबाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा तीन जना ब्याट्सम्यान शुन्य रनमै पभेलियन फर्किएका थिए।

बलिङतर्फ शाड्ली भान स्कालयकले सर्वाधिक ३ विकेट लिँदा किशोर महतो र गुल्सन झाले समान २ विकेट लिए। त्यस्तै हरमीत सिंह र सागर ढकालले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अलस्टारका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउँदा उन्मुक्त चन्दले २२ रन, अनिल साहले १९ रन तथा गुल्सन झाले १० रन बनाए। त्यस्तै खेल हातबाट बाहिरिरहेको सन्दर्भमा शाड्लीले अविजित ३१ रन बनाएउँदै अन्तिम बलमा पाँच रन चाहिएकोमा छक्का प्रहार गर्दै अलस्टारले जित दिलाउन सफल भए।

जारी लिगमा शीर्षस्थानमा रहेको अलस्टारको यो लगातार तेस्रो जित हो भने पोखराको लगातार तेस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell