PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राष्ट्र बैंकले जलायो ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट



पहिलोपोस्ट

राष्ट्र बैंकले जलायो ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

काठमाडौं : नेपाल राष्ट्र बैंकले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोटहरु जलाएको छ।

गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तिमा पठाउन अयोग्य नोटहरु जलाएको राष्ट्र बैंकले जनाएको छ।

सबैभन्दा बढी थान ५० रुपैयाँ दरका नोट जलाएको छ। ६१ लाख ८३ हजार थान ५० रुपैयाँ दरका नोट जलाएको हो।

त्यपछि १०० रुपैयाँ दरका नोट बढि जलाएको छ। १०० रुपैयाँ दरका ५५ लाख ७४ हजार थान जलाएको हो। मूल्यका हिसाबले भने एक हजार दरका नोट बढि जलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell