PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस



पहिलोपोस्ट

डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस

बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस गरिएको छ। घुसकाण्डमा पक्राउ परेका डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले मंगलवार गृह मन्त्रालयलाई सिफरिस गरेको हो।

उनले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो। सीआईबीको टोलीले आइतवार केसीको बुटवलस्थित निवासबाट  ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो। लुम्बिनी प्रदेश प्रहरीको सिफारिसमा प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी स्रोतले बताएको छ।

केही दिन अघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका उनी सोमवार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए। डिएसपी केसी निवर्तमान गृहमन्त्री बालकृष्ण खाणनिकट भएकाले सत्ताको आडमा मनपरी गरेको र मनपरी गर्नेलाई छुट दिएको आरोप लाग्दै आएको थियो। उनि यसअघि पनि पटकपटक विवादमा मुछिँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell