PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

‘ह्यारीकी प्यारी’को मोसन पोस्टरमा पैसाको पछि दौडिरहेका जितु र साम्राज्ञी



पहिलोपोस्ट

‘ह्यारीकी प्यारी’को मोसन पोस्टरमा पैसाको पछि दौडिरहेका जितु र साम्राज्ञी

काठमाडौं : माघ २० गते प्रदर्शन हुने फिल्म ‘ह्यारीकी प्यारी’को मोसन पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन्।

मोसन पोस्टरमा जितु ब्रिफकेस समातेर पैसा कमाउने लोभमा दौडिरहेको र साम्राज्ञीले जितुलाई पछ्याइरहेको देख्न सकिन्छ। यस फिल्ममा जितु र साम्राज्ञी प्रेमी-प्रेमिकाको भूमिकामा छन्।

फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ। ‘छक्कापञ्जा’ सिरिजपछि जितुको यो पहिलो बाहिरी फिल्म हो।

कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा लगानी गरेका थिए।

‘ह्यारीकी प्यारी’को पर्वत र कास्कीका विभिन्न स्थानमा छायाङ्कन भएको हो। सोसल-कमेडी जनरामा निर्माण भएको  फिल्ममा नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई समेटिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell