
काठमाडौँ: नेपाल भलिबल संघले पुष २४ गतेदेखि माघ १ गतेसम्म सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगितामा हालसम्म पुरुषतर्फ १५ टोली र महिलातर्फ ८ टोलीको सहभागिता रहने पक्का भएको संघले जनाएको छ।
उक्त प्रतियोगितामा विभिन्न प्रदेश, जिल्ला र विभागीय गरी पुरुषतर्फ नेपाली सेना, नेपाल प्रहरी, एपीएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लव, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लव बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेल्टर, वाग्मती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, मदेश प्रदेश, शैलुङ बागढुंगा क्लब र सूदुरपश्चिम प्रदेश गरी १४ टिमहरुको सहभागिता रहने हालसम्म टुंगो भएको संघले जनाएको हो।
महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरी, नेपाली सेना, न्यूडाइमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, डोरपाटन स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टोलीको टिमहरुको सहभागिता रहने छ। संघले १९ गतेसम्म क्लब दर्ता गराउने मिति राखेकाले थप टोली आउन सक्ने जनाएको छ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमहरुले नगद ४ लाख २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन भने विधागततर्फ उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सरभर, सेटर, प्रशिक्षकले दुबैतर्फ १०/१० हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस प्रतियोगिताबाट वरीयताको आधारमा पुरुषतर्फ उत्कृष्ट टिम र महिलातर्फ ६ टिमले सातौ आरबीबी एनभीए लिगमा प्रवेश पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका सम्पुर्ण खेलहरु लिगकम नकआउटको आधारमा राखेपस्थित कभर्ड हलमा खेलाइने छन्।