PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

पोखराबाट सुुरु भय 'तिम्रो मेरो साथ'को मोफसल यात्रा



पहिलोपोस्ट

पोखराबाट सुुरु भय 'तिम्रो मेरो साथ'को मोफसल यात्रा

काठमाडौं : ‘तिम्रो मेरो साथ’  को मोफसल टुर आजबाट सुरु भएको छ। पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ।

पोखरामा दर्शक तथा मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन्। त्यसैगरि,  अभिनेता पुष्प खड्काले पनि अन्य शहरमा न्यानो साथ र स्वागतको अपेक्षा राखेको सुनाए।

फिल्मको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफु र आफ्नो टिम निकै उत्साहित भएको निर्देशक रमेश एमके पौडेलले बताए।

पुस २९ गतेबाट प्रदर्शन हुने फिल्ममा साम्राज्ञी र पुष्पका साथै सन्दिप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन कलाकारहरुको अभिनय छ। पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको फिल्को कथा सबिर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेका हुन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell