PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वाग्मती कांग्रेसको संसदीय दलको नेतामा बहादुरसिंह कि बानियाँ? छिनोफानो भोलि



निशा गुरुङ

वाग्मती कांग्रेसको संसदीय दलको नेतामा बहादुरसिंह कि बानियाँ? छिनोफानो भोलि

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दल नेता छान्न भोलि बुधबार निर्वाचन हुँदैछ। संसदीय दलको नेतामा संस्थापन पक्षकै नेताहरु ईन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाबीच भिडन्त हुने भएको छ।

बानियाँ वाग्मती कांग्रेसका सभापति हुन् भने बहादुर केन्द्रीय सदस्य। नुवाकोटको क्षेत्र २ (ख)बाट निर्वाचित बहादुरसिंहलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको स्पष्ट साथ देखिन्छ।

यता मकवानपुर २ (ख)बाट निर्वाचित बानियाँ भने आफै शक्ति आर्जन गरेर संसदीय दलको नेतामा निर्वाचित हुनेमा ढुक्क देखिन्छन्। वाग्मती प्रदेशमा कांग्रेसमा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन्। दलको नेतामा निर्वाचित हुन १९ मत आवश्यक छ।

जसमध्ये २६ सदस्य बानियाँको पक्षमा रहेको एक प्रदेश सभा सदस्यले दाबी गरे। यस्तो अवस्थामा बानियाँ स्वत निर्वाचित हुने ती सदस्यको दाबी रह्यो। '२६ मत ईन्द्र बानियाँको पक्षमा हो। बाँकी ११ मत बहादुरसिंहलाई जाने देखिन्छ,' ती प्रदेश सभा सदस्यले भने।

यद्यपि पछिल्लोपटक कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँको टर्म बिग्रेकोले नतिजा बहादुरसिंहको पक्षमा आउने उनी निकट प्रदेश सभा सदस्यले बताए। 'नतिजा बहादुरसिंहकै पक्षमा आउने हो। उहाँलाई संस्थापन पक्ष र संस्थापनइतर दुबैको सहयोग रहनेछ,' ती सदस्यले दाबी गरे।

बेग्लाबेग्लै भेला

निर्वाचनको पूर्वसन्ध्यामा हेटौँडामा नेपाली कांग्रेसका दुईजना प्रत्यासी उम्मेदवारहरुको छुट्टाछुट्टै भेला आयोजना गरे। दलको नेताको चर्चामा रहेको प्रदेश सभापति बानियाँ र केन्द्रीय सदस्य लामा समूहको हेटौँडामा एकै समयमा छुट्टाछुट्टै भेला भएको हो।

कांग्रेस मकवानपुरको नाउँमा जिल्ला पार्टी कार्यालयमा बानियाँले शक्ति प्रर्दशन गर्दा पार्टी कार्यालयबाट करिब १ किलोमिटरको दुरीमा रहेको होटल एभोकाडो एण्ड अर्किड रिर्सोटमा लामा पक्षका नेताकार्यकर्ता जम्मा भएका थिए।

प्रदेश सभापति बानियाँले सम्बोधन गरेको भेलामा १६ जना प्रदेशसभाका सदस्यहरु सहभागी थिए भने लामा समूहले राखेको भेलामा बहादुरसिंह पुग्न पाएनन्। जहाज डिले हुँदा लामा नआएपछि जिल्ला तहका नेताहरुले चुनावी समीक्षा गरेर कार्यक्रम सकाए।

जिल्ला कार्यसमितिले प्रदेश सदस्यलाई स्वागत गर्ने कार्यक्रम भनिएपनि जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा बानियाँ पक्षका नेताहरु थिए भने एभकाडोमा कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ पक्षका नेताहरुको सहभागिता थियो। जिल्ला कार्यालयमा भएको भेलालाई प्रदेश सभापति बानियाँले संवोधन गर्दा एभकाडोमा भएको भेलालई आनन्दराम पराजुलीले संवोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell