PahiloPost

Jun 24, 2026 | १० असार २०८३

चेल्सीको सहज जित



पहिलोपोस्ट

चेल्सीको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति सम्पन्न खेलमा चेल्सीले बर्नेमाउथमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले बर्नेमाउथलाई २-० गोलअन्तरले हराएको हो।

खेलको १६ औं मिनेटमा काइ हाभर्ट्ज रहीम स्ट्रलिङको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। त्यस्तै २४ औं मिनेटमा हाभर्ट्जकै पासमा म्यासन माउन्टले गोल थपे। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा चेल्सीले खेल २-० गोलअन्तरले जित्यो।

जितसँगै चेल्सी १५ खेलबाट २४ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने बर्नेमाउथ १६ अंकसहित तालिकाको १४ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell