PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अञ्जनले छाडे मनाङ मर्स्याङदी क्लब



पहिलोपोस्ट

अञ्जनले छाडे मनाङ मर्स्याङदी क्लब
फाइल फोटो

काठमाडौँ: नेपाली फुटबलर अन्जन बिस्टले मनाङ मर्स्याङदी क्लब छाडेका छन्। शहीद स्मारक ए डिभिजन लिगको चर्चा नजिकिँदै गर्दा क्लबको कप्तान समेत रहेका बिस्टले मनाङ छाडेको उद्घोष गरेका हुन्।

'सानोमा फुटबल खेल्न सुरू गर्दादेखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिएँ र पहिलोपल्ट मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिए,' बिस्टले सामाजिक सञ्जालमा लेखेका छन्, 'जुन क्लबलाई मनदेखी आफ्नो दोस्रो घर सोचेर अगाडी बढेको थिए, त्यसमा केही व्यक्तीहरूले क्लबलाई आफ्नो स्वार्थ अनुसार चलाउन खोजेपछि पटक पटक राम्रो हुन्छ कि सोच्दा समेत व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफु अनुसार क्लबलाई चलाउन खोजेपछी, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछी बाध्य भएर दुःखी मनका साथ यस क्लब सँगको सहकार्य टुंग्याउने निधो गरेको छु।'

उनले पछिल्ला वर्षहरुमा क्लबको कप्तानी सम्हालेर खेलिरहँदा हरेक पल आफूलाई भन्दा क्लबलाई माथि राखेको बताउँदै हरेक परिस्थितिमा क्लबलाई कसरी नेपालको उत्कृष्ट बनाउने भनेर सोचेको उल्लेख गरेका छन्। साथै कप्तानको जिम्मेवारीका लागि क्लबलाई आभार पनि व्यक्त गरेका छन्।

'मनाङ मर्स्याङ्दी क्लबलाई जहिले आफ्नो घर मानेको छु, यो क्लब मेरो मनमा सधैँ हुनेछ, राम्रो सँग फुटबल बुझ्ने, क्लब र खेलाडीको हितमा काम गर्ने मान्छे यस क्लबको कार्यसमितिमा आए म भविष्यमा पुनः यस क्लबमा जोडिने ढोकाहरू खुल्लै रहेको कुरा पनी जानकारी गराउन चाहान्छु,' बिस्टले लेखेका छन्, 'अन्तमा आज म जे छु जस्तो छु यो सबै हजुरहरूको माया र हौसलाले गर्दा मात्र हो, मेरो फुटबल यात्रामा सदैव तपाईहरूको माया र सदभावको खाँचो रहनेछ, आशा छ मेरो बाध्यतालाई तपाईहरू सम्पूर्णले बुझ्नुहुनेछ।'

पछिल्लो समय ए डिभिजन लिगका लागि क्लबहरुमा चहलपहल बढेको छ। संकटा क्लब, नवप्रवेशी चर्च ब्वाइज क्लब लगायतका क्लबहरुले खेलाडी अनुबन्धन सुरु गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell