PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नटिङ्घम फरेस्टमाथि म्यानचेस्टर युनाइटेडको जित



पहिलोपोस्ट

नटिङ्घम फरेस्टमाथि म्यानचेस्टर युनाइटेडको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले फरेस्टमाथि ३-० गोलअन्तरको जित निकालेको हो।

खेलको १९ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै मार्कस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै २२ औं मिनेटमा रासफोर्डको पासमा एन्टोनी मार्सियले गोल थप्दा पहिलो हाफमा युनाइटेड दुई गोलले अघि रह्यो। दोस्रो हाफमा युनाइटेडका लागि फ्रेडले अर्को गोल थपे। उनले खेलको ८७ औं मिनेटमा कासेमिरोको पासमा गोल गर्दा युनाइटेडले ३-० गोलको जित निकाल्न सफल भएको हो।

जितसँगै १५ खेलबाट २९ अंक जोडेको युनाइटेड तालिकाको पाँचौँ स्थानमा छ भने नटिङ्घम फरेस्ट १३ अंक जोडेर तालिकाको १९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell