PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

आफ्नै काकीको हत्या अभियोगमा भतिज पक्राउ



रासस

आफ्नै काकीको हत्या अभियोगमा भतिज पक्राउ

जनकपुरधाम : आफ्नै काकीको हत्या अभियोगमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका-७ वेलापट्टि निवासी २० वर्षीय दिलीप कुमार साह रहेका छन्।

सोमवार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मंगलवार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ। रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो। दिलीप शङ्कास्पद अवस्थामा भेटिएका थिए।

उनको हातको बूढीऔँला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ। दिलीपसित कवितादेवीको मोबाइलसमेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell