काठमाडौं : प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा भई प्रदेश १ कै हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सफा रहेको विभागले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ। त्यस्तै, आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस छ।