PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि बानियाँ र लामाको उम्मेदवारी



पहिलोपोस्ट

कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि बानियाँ र लामाको उम्मेदवारी

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गरेका छन्। हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर बानियाँ र लामाले उम्मेदवारी दर्ता गरेका हुन्।

कांग्रेस वाग्मती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि सांसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन्। त्यसैगरी, लामाको प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थबहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार छन्।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस वागम्ती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनावी कार्यक्रम संचालन गरिरहेको छ। समितिका अनुसार बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला भएर बिहान १० बजे सम्मको समयसीमा तोकिएको छ। संसदीय दलको नेताको उम्मेदवार बन्न ४५ हजार दस्तुर तोकिएको छ।

दिउँसो २ बजेदेखि मतदान संचालन हुने निर्वाचन समितिका सयोजक महर्जनले जानकारी दिए। मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ। जस अनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell