PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

बिक्री भयो फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार



पहिलोपोस्ट

बिक्री भयो फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार

काठमाडौं : समुन्द्र भट्टद्वारा निर्देशित फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ। अभिनेत्री सुहाना थापा सीईओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’को प्रदर्शन अधिकार किनेको हो।

सुहाना र निर्देशक भट्टबिच यसबारे लिखित भइसकेको छ। योसँगै सुहानाले नेपाली फिल्म वितरणमा पनि यात्रा थालनी गरेकी छिन्।

त्यसैगरी, फिल्मको डिजिटल अधिकार भने डिजिटल कम्पनी ओएसआरले खरिद गरेको छ। ओएसआरका प्रमुख ओम अग्रवाल र भट्टबिच सम्झौता भएको हो। निर्देशक भट्टले राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुवै कम्पनीसँग सम्झौता गरेको जानकारी दिइन्।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य भूमिकामा छन्। पारलैङ्गिकताको कथामा बनेको ‘गुलाबी’  मा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन्।

फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell