PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

आरआर क्याम्पसमा दुई समूहबिच झडप



पहिलोपोस्ट

आरआर क्याम्पसमा दुई समूहबिच झडप

काठमाडौं : प्रदर्शनी मार्गस्थित रत्न राज्य क्याम्पस (आरआर)मा दुई समूहबिच झडप भएको छ। आज बिहान दुई समूहबिच झडप हुँदा दुई जना घाइते भएका छन्।

धारिलो हतियार प्रहार गर्दा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। खुकुरी प्रहार गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

नेकपा (एमाले)को विद्यार्थी सङ्गठनका युवाहरूबिच विवाद हुँदा झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell