
काठमाडौंः सुनको मूल्य पुन: उकालो लागेको छ। अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ भएको छ।
मंगलबार तोलामा २ सय रुपैयाँले बढ्दा प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो। पुस लागेयता सुन सस्तिएको छैन।चाँदीको मूल्य चार दिनपछि तोलामा १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १४ सय रुपैयाँ भएको छ।
मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रतिऔंस १८११.८२ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.१ डलरमा कारोबार भइरहेको छ।