PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्ड भेट्न खुमलटारमा ओली, शक्ति बाँडफाँटबारे छलफल



पहिलोपोस्ट

प्रचण्ड भेट्न खुमलटारमा ओली, शक्ति बाँडफाँटबारे छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार गएका छन्। मन्त्रिपरिषद बिस्तार, सत्ता गठबन्धनमा शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार गएको ओलीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्रीका लागि सहमति गर्न प्रचण्ड ओली निवास बालोकोट गएका थिए। २०७७ पुस ४ गते ओलीले भोलिपल्ट प्रतिनिधि सभा विघटन गर्नुअघि प्रचण्ड निवास खुमलटार पुगेका थिए। त्यसयता सम्बन्ध बिग्रिएका ओली-प्रचण्ड एक अर्काको निवास गएका थिएनन्।

कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमाले-माओवादी नेतृत्वको गठबन्धन बनेपछि दुई नेताबिचको सम्बन्ध सुधार भएको थियो। आजको भेटमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रदेश सरकारका बारेमा पनि छलफल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell