PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बालुवाटारबाट महाराजगञ्जको डेरामा सरे देउवा



पहिलोपोस्ट

बालुवाटारबाट महाराजगञ्जको डेरामा सरे देउवा

काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारबाट महाराजगञ्जस्थित गौतम निवासमा सरेका छन्।  बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा महाराजगञ्जस्थित भाडाको घरमा सरेका हुन्। 'आज सरिसक्नु भो। महाराजगञ्ज भाडाको घरमा सर्नु भएको हो,' प्रेस प्रमुख गोविन्द परियारले भने।

पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन। देउवा बालुवाटारबाट सरेपछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन्। बुढानिलकण्ठको निजी निवास मर्मत भइरहेकाले देउवा भाडाको घरमा सरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell