PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

प्रचण्ड भोलिमात्रै बालुवाटार सर्ने



पहिलोपोस्ट

प्रचण्ड भोलिमात्रै बालुवाटार सर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार सर्ने भएका छन्।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार बालुवाटारबाट महाराजगञ्जमा भाडाको घरमा सरेका छन्। देउवा बालुवाटारबाट सरेपछि प्रचण्ड बालुवाटारमा जाने तयारीमा लागेका हुन्। प्रचण्डको सचिवालयले भने प्रधानमन्त्री भोली मात्रै बालुवाटार सर्ने जानकारी दिएको छ। 

देउवाको बालुवाटारमा बसाइ यसपटक १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell