PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

महाराजगञ्ज पुगेर गौतम* निवासमा घाम ताप्दै देउवा



पहिलोपोस्ट

महाराजगञ्ज पुगेर गौतम* निवासमा घाम ताप्दै देउवा

काठमाडौं : निर्वाचनपछि नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो। तालमेल गरि चुनावमा गएको पाँच दलीय सत्ता गठबन्धनलाई बहुमत नजिकको सिट पनि पायो।

त्यसपछि कांग्रेसले पुन: नेतृत्वको तयारी थाल्यो। कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए। तर, अन्तिम समयमा गठबन्धन टुट्यो र एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए।

प्रचण्ड प्रधानमन्त्री भएपछि कांग्रेस सभापति देउवा निर्वतमान भइहाले। उनै देउवालाई घर सर्नसमेत अप्ठेरो भयो यसपटक। प्रधानमन्त्री आफै बन्ने ढुक्कसाथ बसेका देउवाले बुढानिलकण्ठस्थित आफ्नो घर यही बेला मर्मत थालेका थिए। घर मर्मत थालेकै बेला बालुवाटार छोड्न परेपछि डेरा खोज्न दुई दिन समय लाग्यो।

मंगलवार बेलकामात्र देउवा सचिवालयले महाराजगञ्जमा डेराको घर पाए – गौतम निवास। र, बुधवार बिहान देउवा महाराजगञ्जस्थित गौतम निवास पुगे र यही घाम ताप्दैछन्।

बढ्दो चिसो र गठबन्धनको मिटिङको धपेडीले पनि होला, देउवाले अब केही समय यहीँ आराम गर्नेछन्। किनभने कांग्रेसले २२ गतेका लागि केन्द्रीय समिति डाकेको छ। जहाँ देउवाले गठबन्धन जोगाउन नसक्नुको कारणसहित तेर्स्याइने प्रश्नको सामना गर्नुनै छ।

*गौतम निवास हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। - सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell