A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a6a3b4ae64963.83354219): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a6a3b4ae64963.83354219,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

माधव नेपाललाई के भने प्रचण्डले ?
PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माधव नेपाललाई के भने प्रचण्डले ?



पहिलोपोस्ट

माधव नेपाललाई के भने प्रचण्डले ?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। ललितपुरको एक घरमा प्रचण्ड र नेपालबिच भेटवार्ता भएको हो।

प्रचण्ड प्रधानमन्त्री भएपछि नेपालसँग पहिलोपटक वार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ। उनीहरुका बिचमा कांग्रेस नेतृत्वको गठबन्धन फुटाउनुपर्नुको कारण र एमालेसँग भएको गठबन्धनका बारेमा छलफल भएको थियो।

आफूलाई थाहै नदिएर प्रचण्ड ओलीसँग मिलेको नेपालले गुनासो गरेपछि प्रचण्डले नेपालसमक्ष जानकारी नदिनु गल्ती भएको बताएका थिए। सरकारमा सहभागी हुन प्रचण्डले नेपलालाई प्रस्ताव गरेका थिए वार्तामा।

'उहाँलाई सरकारमा सहभागी हुनुस् भनेर प्रधानमन्त्रीले भन्नुभयो,' प्रचण्डको सचिवालयका एक सदस्यले भने।

२०७७ पुस ५ गते तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपालले मोर्चाबन्दी गरेका थिए। त्यसयता कांग्रेससँग गठबन्धन गरेर सहकार्य गरिरहेका प्रचण्ड-नेपाल कांग्रेस नेतृत्वको सरकारमा सहभागी थिए।

अहिले प्रचण्ड ओलीसँग सहकार्यमा लागेपछि नेपालले के गर्ने भन्नेबारेमा निर्णय गरिसकेका छैनन्। प्रचण्ड सरकारबारे आफ्नो धारणा नकारात्मक नरहेको नेपालले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell