PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

किन १० मिनेट काटियो ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय?



पहिलोपोस्ट

किन १० मिनेट काटियो ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय?

हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय घटाइएको छ। निर्देशक जेम्स क्यामरुनले फिल्मको १० मिनेट लम्बाई काटेको भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्।

निर्देशक जेम्सका अनुसार अमेरिकालगायतका विभिन्न देशमा हालै भएका गोलीबारीका घटनालाई ध्यानमा राखेर फिल्मको लम्बाइ छोटाइएको हो। बुधबारदेखि दर्शकले फिल्मभित्र बन्दुक र हिंसाका केही दृश्यहरु हेर्न पाउनेछैनन्। १० मिनेट काटिएसँगै अब फिल्म जम्मा ३ घण्टा भएको छ।

‘मैले बन्दुक चलाएका केही दृश्यलाई लक्षित गर्दै फिल्मको लगभग १० मिनेट काटेँ। म केही कुरूपताबाट छुटकारा पाउन, उज्यालो र अँध्यारोबिचको सन्तुलन खोज्न चाहन्छु,’उनी भन्छन्, ‘पक्कै पनि द्वन्द्व हुनुपर्छ। हिंसा र एक्सन एउटै कुरा हो, तपाईँ यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर हुन्छ। हरेक एक्सन फिल्म निर्माताको दुविधा हो, र म एक एक्सन फिल्म निर्माताको रूपमा चिनिन्छु।’

यस फिल्मले सोमबारसम्म विश्वभरबाट बक्सअफिसमा ९५५.१ मिलियन डलर कलेक्सन गरिसकेको भेराइटीमा उल्लेख छ। प्रदर्शनको दुई सातामै यस फिल्मले ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ (८०० मिलियन), द ब्याटम्यान (७७० मिलियन), थोर : लभ एण्ड थण्डर (७६० मिलियन), मिनियन्स : द राइज अफ ग्रु (९३९ मिलियन)लाई पछाडि पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell