PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेस संस्थापनइतरको भेलामा के  - के भयो छलफल?



पहिलोपोस्ट

कांग्रेस संस्थापनइतरको भेलामा के  - के भयो छलफल?

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरको भेला सकिएको छ। बालुवाटारस्थित डा शेखर कोइरालाको सचिवालयमा बुधवार बिहान भएको भेलामा प्रदेशहरुको संसदीय दलको नेता चयनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको बताइएको छ।

शेखर पक्षका शीर्ष नेता र पदाधिकारी उपस्थित अनौपचारिक भेलामा केही दिनमै आफ्नो पक्षका केन्द्रीय समितिका सदस्यहरुको भेला डाक्नेबारे छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले बताए। ‘आज अनौपचारिक छलफल हो। केही दिनमै लामो छलफल गर्ने गरी केन्द्रीय सदस्यहरु सम्मिलित भेला बस्ने तयारी छ,’ सहमहामन्त्री पाण्डेले भने।

भेलामा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा शेखर कोइराला, अर्जुननरसिंह केसीलगायत उपस्थित थिए। कांग्रेसले गठबन्धन जोगाउन नसक्दा संघको सत्तादेखि सातै प्रदेशको सरकार गुमाएको छ। गठबन्धन बचाउन देउवाले संस्थापनइतरलाई कुनै पनि छलफलमा सहभागी नगराइएको आरोप लाग्दै आएको छ। देउवाले चुनावी समीक्षा गर्न २२ गतेका लागि केन्द्रीय समितिको बैठक डाकेको छ।      



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell