PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

‘पावर सेयरिङ’बारे छलफल गर्न भोलि बालुवाटारमा सत्ता गठबन्धनको बैठक



पहिलोपोस्ट

‘पावर सेयरिङ’बारे छलफल गर्न भोलि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं : सत्ता साझेदारी दलहरुबीच ‘पावर सेयरिङ’बारे छलफल गर्न भोलि बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेसँगै भोलि बालुवाटारमा बैठक बस्ने तय भएको हो।

दुई नेताको भेटमा समसमायिक विषयमा कुराकानी भएको र बाँकी पावर सेयरिङबारे छलफल गर्न नेताहरु बालुवाटारमा जुट्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘भोलि बालुवाटारमा सत्ता साझेदारका शीर्ष नेताबीच छलफल हुन्छ,’ मल्लले भने। बैठक राख्ने भनिए पनि प्रचण्ड यो समाचार तयार पार्दासम्म प्रचण्ड बालुवाटार सरेका छैनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell