PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने? प्रचण्ड र ओलीले गरे खुमलटारमा छलफल



पहिलोपोस्ट

सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने? प्रचण्ड र ओलीले गरे खुमलटारमा छलफल

काठमाडौं : सरकारको नीति कार्यक्रम कस्तो बनाउने भन्नेबारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।

बुधवार प्रचण्डको निजि निवास खुमलटारमा प्रचण्ड-ओलीबिच भेटवार्ता भएको थियो। उक्त भेटमा सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

'सरकारको कामलाई कसरी प्रभाकारी बनाउने भन्नेबारेमा छलफल भयो। सरकारका नीति कार्यक्रम के बनाउने छलफल भएको हो। पहिलो क्याबिनेटबाट जे निर्णय गरेको ५ त्यसलाई जनतासम्म कसरी लैजाने कुराकानी भएको छ,' मल्लले भने।

यस्तै, भेटमा शक्ति बाँडफाँटका विषयमा पनि कुराकानी भएको थियो। प्रचण्ड एमालेसहित ७ राजनीतिक दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। 

प्रधानमन्त्री भएपछि प्रचण्डले भेटघाटलाई तिब्र बनाएका छन्। आजै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। नेपालले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएको मल्लको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell