PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु



पहिलोपोस्ट

रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु

जनकपुरधाम : जयनगर-जनकपुर गुड्ने रेलबाट किचिएर एकजनाको मृत्यु भएको छ। भारतको जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलबाट किचिएर एक जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेमा धनुषाकाे नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुरन दास रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जयनगरबाट जनकपुरधामको लागि छुटेको रेल विदेह नगरपालिका वडा नम्बर ९ स्थित वैदेही स्टेसनबाट रेल चढ्ने क्रममा दासको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

रेल गुडेपछि चढ्ने क्रममा दासको खुट्टा अड्किएपछि सोही रेलले किचिएर दासकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell