PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्विरोध निर्वाचित



पहिलोपोस्ट

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्विरोध निर्वाचित
तस्विर : यादवको फेसबुकबाट

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्।

संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो।

यादव बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ।

जसपाको संसदीय दलको नेतामा सङ्घीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए। यद्यपि, दलको नेता चयनका लागि दुबै नेताले उम्मेदवारी नदिएको जसपाले जनाएको छ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन्। जसपाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell