PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वाग्मतीमा कांग्रेस संसदीय दलको नेता छान्न शुरु भयो मतदान



पहिलोपोस्ट

वाग्मतीमा कांग्रेस संसदीय दलको नेता छान्न शुरु भयो मतदान

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताको मतदान सुरु भएको छ। सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि बुधवार दिउँसोबाट मतदान सुरु भएको हो। २ बजेदेखि ३ बजेसम्म भनिएको मतदान भर्खर मात्र सुरु भएको हो।

दलको नेताका लागि केन्द्रीय सदस्य बहादुर सिंह लामा र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा छन्। बानियाँ यसअघि पनि दलको नेता थिए। दुवै संस्थापन पक्षका नेता हुन्।

३७ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस प्रदेश सभा संसदको सबैभन्दा ठूलो दलको रुपमा रहेको छ। तर, केन्द्रमा भएको राजनीतिक उथलपुथलले कांग्रेस फेरि संसदमा प्रमुख प्रतिपक्षी दलमा सीमित बन्न पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell