PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

वाग्मती प्रदेशका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ



पहिलोपोस्ट

वाग्मती प्रदेशका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ

हेटौंडा : वाग्मती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा ढुंगानाले प्रदेश प्रमुख शर्माबाट बुधवार सभामुखको पद तथा गोपनीयताको शपथ लिएका हुन्। ढुंगाना नेकपा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद हुन्।

नुवाकोट जिल्लाको क्षेत्र नं–२ को (१) बाट निर्वाचित उनी वाग्मती प्रदेशका ११० सांसदमध्ये जेष्ठ सदस्य हुन्।  ७२ वर्षका उनको जन्म विसं २००६ असोज २ गते नुवाकोटमा भएको थियो। प्रदेशसभा सदस्यलाई जेष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ। सोहिअनुरुप ढुंगानाले शर्मासपक्ष शपथ लिएका हुन्।

समारोहमा वाग्मती प्रदेशका कामचलाउ मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्रीहरू, प्रदेश सचिव कृष्णहरी खड्कालगायत सहभागी थिए। बिहीवार ढुंगानाले प्रदेशका अन्य सांसदहरुलाई शपथ खुवाउने कार्यसूची छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell