PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

बानियाँलाई पराजित गर्दै वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित



निशा गुरुङ

बानियाँलाई पराजित गर्दै वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

काठमाडौं : वाग्मती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। लामाले २१ मत प्राप्त गरेका छन भने बाँनियाले १६ मत पाएका छन्।

वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद् छन्। आज दिउँसो २ बजेदेखि वाग्मती कांग्रेस संसदीय दलको कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।

संस्थापन पक्षका दुबै नेता भिडन्तमा उत्रिएपछि बहादुरलाई संस्थापनइतरले सहयोग गरेको थियो। संस्थापनइतरको त्यही ५ मत बहादुरका लागि जित निश्चित गर्ने मत बन्यो। केन्द्रीय सदस्यसमेत रहेका बहादुरलाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता डा प्रकाशशरण महत, नेताहरु मोहनबहादुर बस्नेत र मोहन आचार्यलगायतको साथ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell