PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रचण्ड सरकारलाई समर्थन गर्ने - नगर्नेबारे एकीकृत समाजवादीले तत्काल निर्णय नगर्ने



पहिलोपोस्ट

प्रचण्ड सरकारलाई समर्थन गर्ने - नगर्नेबारे एकीकृत समाजवादीले तत्काल निर्णय नगर्ने

काठमाडौं : नेकपा (एकीकृत समाजवादीले) नयाँ सरकारलाई समर्थन गर्ने/नगर्नेबारे तत्काल निर्णय नगर्ने भएको छ। बुधवार भएको जिल्ला अध्यक्षहरुसँगको भर्चुअल छलफलमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शीर्ष नेताहरुले 'ब्रिफिङ' गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न भन्दै बुधवार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेरै प्रस्ताव गरेका थिए। नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताएका थिए। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अहिले नै सरकारलाई समर्थन गरेर सरकारमा जाने/नजानेबारेमा निर्णय पार्टीले नगर्ने बताए।

'पछिल्लो राजनीतिक परिस्थितिका बारेमा नेताहरुले तलसम्म जानकारी गराउनु भएको छ। जिल्ला अध्यक्षहरुको राय पनि उहाँहरुले लिनुभयो। तत्काल सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारेमा हामी निर्णय गर्दैनौं,' खतिवडाले भने। प्रचण्ड सरकारको न्युनतम नीति तथा कार्यक्रम हेरेर मात्रै निर्णयमा पुग्ने एकीकृत समाजवादीको तयारी छ। परिस्थिति कस्तो बन्दै जान्छ त्यही अनुसारले निर्णयमा पुग्ने एकीकृत समाजवादीका नेताहरु बताउछन्।

सत्तारुढ दल नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रका नेताहरुले गठबन्धनमा एकीकृत समाजवादीलाई पनि सहभागी गराउन पहल गरिरहेका छन्। आजै नेपाललाई एमालेका नेता महेश बस्नेतले पनि भेटका थिए। कांग्रेस नेतृत्वमा रहेका प्रचण्ड गठबन्धनलाई भत्काएर एमालेसँग सहकार्य गर्न पुगेपछि नेपाल अहिले एक्लै परेका छन्। उनलाई पनि अहिलेको सत्ता गठबन्धनमा सहभागी गराउनका लागि पहल भइरहेको हो। तर नेपालले भने आफूलाई थाहै नदिएर प्रचण्डले एमालेसँग सहकार्य गरेको गुनासो गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell