PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

एसिया फाउन्डेसनले ल्यायो तीन सचित्र बालकथा



पहिलोपोस्ट

एसिया फाउन्डेसनले ल्यायो तीन सचित्र बालकथा

काठमाडौं : द एसिया फाउन्डेसनले साना बालबालिका लक्षित ३ वटा सचित्र बाल कथाको किताब सार्वजनिक गरेको छ। बुधवार कीर्तिपुरको हिलसाइट रिसोर्टमा एक कार्यक्रम आयोजना गरी फाउन्डेसनले किताब सार्वजनिक गरेको हो।

हामी सबै नेपाली, जित्ने रहर र सोनु रमाइन् शीर्षकको किताब कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्य, फाउन्डेसनकी कार्यक्रम अधिकृत समीरा श्रेष्ठ र लेखकहरु अनुराधा, हरि खनालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

हामी सबै नेपालीको लेखन तथा सम्पादन अनुराधाको रहेको छ भने यसमा सुमन महर्जनको चित्र रहेको छ। अरु दुई किताब हरि खनालको लेखन तथा प्रमोद प्रधानको सम्पादनमा बजारमा आएको हो। सोनु रमाइन्मा सुनिल रञ्जितको चित्र रहेको छ भने जित्ने रहरमा प्रकाश रञ्जितको चित्र रहेको छ।

उक्त अवसरमा फाउन्डेसनकी समीराले ‘रेडी टु रिड एन्ड प्ले’ कार्यक्रमबारे जानकारी गराएकी थिइन्। यो कार्यक्रम कीर्तिपुर नगरपालिकामा १८ महिनाको लागि ल्याएर आएको उनको भनाई थियो।

‘१८ महिने कार्यक्रम हामीले लिएर आएका हौं,’ श्रेष्ठले भनिन्,’यहीका २० जना सहजकर्तालाई तालिम दियौं।‘

यस कार्यक्रमबाट नगरपालिकाभित्रका ५५० बालबालिका लाभान्वित भएको उनले बताइन्। त्यसैगरी ५० हजार बढी शिक्षण सागाग्री नगरपालिकालाई प्रदान गरेको समेत बताइन्।

कार्यक्रममा लेखकद्वय अनुराधा र हरि खनालले लेखन अनुभव सुनाएका थिए। बाल साहित्यका अग्रज प्रधानले भने बालबालिकालाई पढाउन अभिभावक आफै अघि बढ्नुर्ने सुझाव दिए। त्यसैगरी उनले किताब बालबालिकासम्म पुर्‍याउनैपर्ने धारणा राखे।

उपमेयर शाक्यले यस्ता कार्यक्रममा नगरपालिका समन्वय गर्न सधैं तयार रहेको धारणा राखिन्। ‘यो लङ टर्मको लगानी हो यो। लगानी कम छ सरकारको। राम्रो शिक्षा दिन जति कार्यक्रम सञ्चालन गर्नुभयो यसका लागि धेरै धेरै धन्यवाद,’ उपमेयर शाक्यले भनिन्, ‘खर्चको उपलब्धि अपडेट गर्नुहोला। समन्वयको वातावरण अवश्य नै बन्नेछ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell