PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

प्रधानमन्त्री भएको ३ दिनपछि बालुवाटारमा प्रचण्डको 'इन्ट्री'



पहिलोपोस्ट

प्रधानमन्त्री भएको ३ दिनपछि बालुवाटारमा प्रचण्डको 'इन्ट्री'
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रवेश गर्दै।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको ३ दिनमा बालुवाटार सरेका छन्। निजी निवास खुमलटारबाट बुधवार साझ बालुवाटारमा प्रचण्ड सरेका हुन्।

यसअघि दुई पटक प्रधानमन्त्री भएका प्रचण्ड १०/१० महिना गरी २० महिना बालुवाटार बसिसकेका छन्। आइतवार प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट नसरेकाले खुमलटारमै बसेका थिए।

देउवा बुधवार नै महाराजगञ्जको भाडाको घरमा सरेका छन्। आफ्नो निजी निवास मर्मत सम्भार भइरहेकाले देउवा भाडाको घरमा बसेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell