PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान



पहिलोपोस्ट

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

बुटवलः लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते सोमबार आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३(१) बमोजिम सोमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

अधिवेशन लुम्बिनीको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) बोलाइएको हो। यसअघि अस्थायी मुकाम बुटवलमा बस्दै आएको प्रदेश सभा सरेपछि पहिलोपटक त्यहाँ अधिवेशन हुन लागेको हो। लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन्।

गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित लुम्बिनीका सांसदहरुको शपथ आगामी शनिबार हुँदैछ। लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले प्रदेश सभा सदस्यहरुलाई शनिबार शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell