PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

चीनबाट अमेरिका भित्रिने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य



पहिलोपोस्ट

चीनबाट अमेरिका भित्रिने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य
Photo: GETTY IMAGES

अमेरिकाले चीनबाट आउने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य गरेको छ। चीनले अर्को हप्तादेखि कोभिड-१९ व्यवस्थापनलाई खुकुलो बनाउने तथा आफ्नो सीमानाहरू खोल्ने घोषणा गरेपछि अमेरिकाको यस्तो घोषणा आएको हो

इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि कोभिड-१९ नियन्त्रणका कडा नियमहरू लागू गरेका छन्। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ।

यही समयमा चीनमा कोभिडका केसहरूमा व्यापक वृद्धि भइरहेको छ, जसले गर्दा केही देशहरूमा सतर्कता बढाएको छ। यद्यपि, बेइजिङले कोरोना भाइरसविरुद्धका नियमहरू ‘वैज्ञानिक’ आधारमा ल्याउनुपर्ने भन्दै केही देश र मिडियाले स्थितिलाई ‘हाइप अप’ गरेको आरोप लगाएको छ।

सोमवार र मंगलवार चीनले कोभिड-१९ को कडाइलाई कम गर्ने घोगणा गरेको थियो। आगामी वर्षको जनवरी ८ देखि कोभिड-१९ को ‘क्लास ए’ व्यवस्थापनलाई ‘क्लास बी’मा झार्ने तयारी गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले घोषणा गरेको छ।

जनवरी ८ पछि चीनले देशमा प्रवेश गर्ने व्यक्ति र सामानहरूमा क्वारेन्टाइन लगाउने छैन। त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टाइनको आवश्यकता पर्ने छैन।

कोभिड-१९ व्यवस्थापनलाई ‘डाउनग्रेड’ गरिसकेपछि संक्रमणका आधारमा उच्च जोखिम क्षेत्रहरू पनि वर्गीकरण नगरिने आयोगले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell