बोलिभायामा विपक्षी दलका नेतालाई प्रहरीले पक्राउ गरेको छ। 'कू' गर्न खोजेको आरोपमा लुइस फर्नान्डो चमाचोलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकले विरोध प्रदर्शन गरेका छन्।
सान्ता क्रजका गभर्नरसमेत रहेका चमाचो विगत एक महिनदेखि सरकारविरुद्ध आन्दोलनको नेतृत्व गर्दै हड्तालमा थिए। जनगणनाको मुद्दा उठाउँदै उनी हड्तालमा थिए। बोलिभामा सन् २०२४ का लागि जनगणना आयोजना हुने कार्यतालिका सार्वजनिक भए पनि चमाचो र उनका समर्थक अर्को वर्ष जनगणना हुनुपर्ने माग गरिरहेका छन्।
चमाचोका समर्थकहरुले उनको पक्राउ गरिनुलाई 'अपरहण'को संज्ञा दिएका छन्। बोलिभायाका पूर्व राष्ट्रपति कार्लोस मेसाले पनि उनको पक्राउलाई 'अपहरण' भनेका छन्। चमाचोलाई प्रहरीले पक्राउ गरेसँगै उनका समर्थकहरु सडकमा उत्रिएका छन्। उनीहरु तोडफोड र आगजनीमा उत्रिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनीहरुले चमाचोलाई अरु स्थानमा लग्न सक्ने आकंलन गर्दै सान्ता क्रुज भिरु भिरु विमानस्थलमा समेत प्रवेश गर्ने प्रयास गरेका छन्।