PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

सन्दीप लामिछानेको पुनरावेदन पेशी आज, बेरितको आदेश बदर होला ?



पहिलोपोस्ट

सन्दीप लामिछानेको पुनरावेदन पेशी आज, बेरितको आदेश बदर होला ?

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज परेको छ।

न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको हो। उच्च अदालत पाटनमा आज सन्दीपको पेशीमा बहस सकिएको खण्डमा आदेश आउने छ। आदेशको आधारमा सन्दीप जेलभित्र नै बसेर मुद्दा लड्ने, साधारण धरौटीमा रिहा हुने वा धरौटीमा रिहा हुने छ। जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन्।

जिल्ला अदालत काठमाडौंले पिडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।

गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell