PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा सट्टेबाजी गर्ने थप ४ जना समातिए



पहिलोपोस्ट

कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा सट्टेबाजी गर्ने थप ४ जना समातिए

काठमाडौंः सट्टेबाजी गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत बिराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। यसअघि पनि प्रहरीले दुई जना युवालाई नियन्त्रणमा लिएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell