PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘हात्तीछाप’ को निर्माता दीपक मनाङे पनि



पहिलोपोस्ट

‘हात्तीछाप’ को निर्माता दीपक मनाङे पनि

काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) फिल्म ‘हात्तीछाप’ को निर्माताका रुपमा जोडिएका छन्। दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा देखिने फिल्ममा मनाङले लगानी गर्ने पक्का भएको हो।

हात्तीछापमा मनाङेले निर्माताका रुपमा जोडिन सम्झौता गरिसकेको प्रस्तुतकर्ता तथा निर्माता किरण नेपालीले जानकारी दिए। निर्माताको रुपमा हात्तीछाप मनाङेको चौथो 'प्रोजेक्ट' हो। यसअघि उनले  वान वे, पोइ पर्‍यो काले र दुई नम्बरी जस्ता फिल्महरु निर्माण गरिसकेका छन्।

सिमोस सुनुवारले निर्देशन गर्ने  सस्पेन्स, थ्रिलर र कमेडी फिल्ममा दयाहाङ र सौगातका साथै पुष्कर गुरुङ, वुद्धि तामाङ र प्रकाश घिमिरेको अभिनय हुनेछ। प्रदीप भारद्धाजको कथा रहेको फिल्मको छायाङ्कन चैतबाट सुरु गर्ने योजना निर्माण पक्षको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell