
काठमाडौंः काठमाडौंको यट्खामा भएको भीषण आगलागीबाट ४ जनाको घरमा क्षति पुगेको छ।
काठमाडौं महानगरपालिका-१८ तमु गल्लीस्थित सर्लाही बराही डुम्रा नगरपालिका-१८ घर भएका मनोज शाहको कवाडी दोकानमा बुधबार राति आगलागी सुरु भएको थियो। कवाडी दोकान भित्रका सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ। साथै उक्त आगलागी फैलिएर बीर बहादुर भट्ट लगायत ४ जनाको घरमा समेत सामान्य क्षति भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन। प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।