PahiloPost

May 14, 2024 | १ जेठ २०८१

मरणोपरान्त अंगदान गर्ने अभिनेता सविन श्रेष्ठको घोषणा



पहिलोपोस्ट

मरणोपरान्त अंगदान गर्ने अभिनेता सविन श्रेष्ठको घोषणा

काठमाडौं : अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने निर्णय गरेका छन्। उनले भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर मृत्युपछि अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्।

मञ्जुरीनाको फोटोसहित अंगदान गर्नेबारे सविनले फेसबुकमार्फत जानकारी दिएका हुन्। ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरु की भनेर मृत्यु पछि पनि काम त लाग्ला। यस कार्यबाट खुसी छु,’ उनले लेखेका छन्।

अंगदान गर्ने मञ्जुरीनामा पत्रमा उल्लेख भएअनुसार उनको निधनपछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान गरिनेछ। गत महिना तिलगंगा अस्पताल पुगेर सविनले आँखा दान गर्ने घोषणा समेत गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell