PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

मधेश प्रदेश : कांग्रेस संसदीय दलको नेताका लागि कृष्ण र रामसरोजबिच प्रतिस्पर्धा



पहिलोपोस्ट

मधेश प्रदेश : कांग्रेस संसदीय दलको नेताका लागि कृष्ण र रामसरोजबिच प्रतिस्पर्धा

जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि दुईजना नेताबिच प्रतिस्पर्धा हुने भएको छ। संसदीय दलको नेता चयनका लागि सहमति जुटाउने प्रयास असफल भएपछि प्रतिस्पर्धा हुने भएको हो।

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादव र मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव बिच प्रतिस्पर्धा हुने कांग्रेसका एक नेताले जानकारी दिए। नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवले उम्मेदवारी दर्ता समेत गराइसकेका छन्।

नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेता चयनका लागि आज दिउँसो ३ बजेदेखी ४ बजेसम्म मतदान हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell