PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पोखरा लगातार पाँचौँ खेलमा पराजित, रोहितले अर्धशतकीय पारि खेल्दा विराटनगरको सहज जित



पहिलोपोस्ट

पोखरा लगातार पाँचौँ खेलमा पराजित, रोहितले अर्धशतकीय पारि खेल्दा विराटनगरको सहज जित
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले ८ विकेटको सहज जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। पोखराका लागि अमीर हम्जाले सर्वाधिक अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाए। त्यस्तै प्रतिश जिसी १३ रनमा अविजित रहँदा आशिफ शेखले ११ रन बनाए। बलिङतर्फ विराटनगरका आन्द्रे म्याककार्थीले सर्वाधिक ३ विकेट लिँदा नन्दन यादव, राज नानन र सहाब आलमले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। विराटनगरका लागि रोहित पौडेलले सर्वाधिक अविजित ७१ रन बनाउँदा हुसैन तलत २८ रनमा अविजित रहे। त्यस्तै गौरान्सु शर्माले ३३ रन बनाउँदा अर्जुन साउद डकआउट भएका थिए। बलिङतर्फ पोखराका जाहिर खान र अमीर हम्जाले समान १ विकेट लिए।

योसँगै ४ खेलबाट ४ अंक जोडेको तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानको लुम्बिनी अलस्टारको ६ अंक छ भने त्यसपछिका दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका काठमाडौँ नाइट्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्सको समान ४ अंक छ। अर्कोतर्फ पोखराले भने पाँच खेल खेल्दा एउटा खेलमा पनि जित निकाल्न सकेको छैन। प्रतियोगितामा अंकविहीन टोली पोखरामात्र रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell