PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कम्बोडिया-थाइल्यान्ड सीमामा रहेको क्यासिनोमा आगलागी, १० जनाको मृत्यु



पहिलोपोस्ट

कम्बोडिया-थाइल्यान्ड सीमामा रहेको क्यासिनोमा आगलागी, १० जनाको मृत्यु
PHOTO : AFP/ GETTY IMAGES

कम्बोडिया र थाइल्यान्डको सीमा रहेको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा आगलागी भएको हो।

सामाजिक संजालमा मानिसहरु होटलको माथिल्लो तल्लाबाट हाम फालिरहेको भिडियोहरु सार्वजनिक भएका छन्। आगलागी हुँदा क्यासिनोमा थाइल्यान्डका धेरै नागरिक रहेको बताइन्छ। घाइतेहरुलाई थाइल्यान्डको सा केव प्रान्तको अस्पतालमा लगिएको छ। थाइल्यान्डमा जुवातास खेल्न प्रतिबन्ध लगाइएको हुनाले सीमामा पर्ने यो क्षेत्रका क्यासिनोमा त्यहाँबाट धेरै पर्यटक आउने गर्छन्।

अधिकारीहरुले आगलागीको कारण खुल्न नसकेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell