PahiloPost

May 14, 2025 | १ जेठ २०८२

राप्रपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आशिषकुमार चौधरी



पहिलोपोस्ट

राप्रपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आशिषकुमार चौधरी

बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ। पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले संसदीय दलको बैठकले रूपन्देही १ (क) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको जानकारी दिए।

त्यस्तै, बैठकले सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठलाई चयन गरेको छ। लुम्बिनीमा राप्रपाका प्रत्यक्ष २ र समानुपातिक २ गरी ४ सांसद रहेका छन्।

यसअघि नै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेयलाई सर्वसम्मत चयन गरिसकेको छ। यता, प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले दलको नेता चयन गर्न बाँकी छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व रहेको छ। प्रदेशसभाको अधिवेशन यही पुस १८ गतदेखि दाङको राप्ती उपत्यका (देउखुरी)मा सुरू हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell