.jpg)
काठमाडौं : सुरक्षा निकायका कुनै पनि पदाधिकारी तथा कर्मचारीले कूटनीतिक व्यक्ति तथा राजनीतिक दलका नेतृत्वलाई भेट्दा स्वीकृति लिनुपर्ने भएको छ।
गृह मन्त्रालयले सूचना जारी गर्दै कर्तव्य सिलसिलाको कामबाहेक अन्य समयमा भेट गर्दा स्वीकृति लिनुपर्ने भएको हो। कुनै पनि सिलसिलामा भेट्नु परे प्रयोजन खुलाएर विभागीय रुपमा स्वीकृति लिनुपर्ने भएको हो।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,'सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन हुन अनुरोध छ।'
साथै यस निर्देशन विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम अनुशासनसम्बन्धी कारबाही हुने चेतावनी दिइएको छ।